देउखुरी । गोरखा मोडेल सेकेन्डरी स्कुल लमहीले दसैं मिलन तथा भलिवल प्रतियोगीताको आयोजना गरेको छ ।

देउखुरी क्षेत्रमा रहेका संघ संस्था, जनप्रतिनिध, कर्मचारी, पत्रकार, उद्योगी व्यवसायीहरुको विचमा भलिवल प्रतियोगीताको आयोजना गरेको हो ।

शनिबार भएको खेलबाट देउखुरी उद्योग बाणिज्यसंघ, लमही नगरपालिका, गोरखा स्कुलको ‘वि’ समुह, राप्ती गाँउपालिका व्याब्सनले बिजयी यात्रा तय गरेका छन् । देउखुरी उद्योग बाणिज्य संघ र नेपाल पत्रकार महासंघ विच भएको पहिलो खेलमा सोझो सेटमा पत्रकार महासंघलाई हराउदै देउखुरी उद्योग बाणिज्य संघ विजय भएको छ ।

यस्तै लमही नगरपालिका र देउखुरी बहुमुखी क्याम्पस विच भएको दोस्रो खेलमा लमही नगरपालिकाले सोझो सेटमा बिजय भएको छ । यस्तै राप्ती गाउँपालिका र राप्ती प्याब्सान विच भएको खेलमा राप्ती प्याब्सनले जीत हाँसील गरेको छ ।
गोरखा स्कुल वि समुह र रोटरी क्लव अफ लमही विच भएको खेलमा गोरखा स्कुल वि समुहले जीत हाँसील गरेको छ । आइतबार गोरखा स्कुलको ए समुह र उद्योग बाणिज्य संघ विच हुने छ । साथै लमही नगरपालिका र राप्ती गाउँपालिका प्याब्सन विच हुने गोरखा मोडेल सेकेन्डरी स्कुलका प्रिन्सीपल लोकमान रिजालले जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रम स्कुलका प्राचार्य लोकमान रिजालको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा ग्रुपका मानव संसाधन विभाग प्रमुख उत्तमराज घिमिरे, गोरखा इन्टरनेशनल स्कुल घोराहीका प्राचार्य मानसिंह घर्ती, लमही नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष ओमप्रसाद सुवेदी लगायतको सहभागीता थियो । कार्यक्रमको सहजीकरण शिक्षक प्रकाश वलीले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया