ठेकेदारले काम नगर्दा योजना अलपत्र परेः मन्त्री शर्मा

दाङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ठेकेदारले काम नगर्दा योजनाहरु अलपत्र परेको बताइन्। दाङको गढवामा आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तरगत गठन हुन थालेको सामाजिक उद्यमी महिला सहकारी संस्थाको दोस्रो भेलालाई सम्वोधन गर्दै उनले ठेकेदारकै कारण धेरै योजनाहरु अलपत्र परेको भन्दै अलपत्र आयोजना अघि बढाउने दिशामा सरकारले पहल गरिरहेको बताएकी हुन्।

 

‘पैसा पनि पर्ने, योजना पनि पर्ने, ठेक्का पनि लाग्ने तर काम नहुने समस्या देखियो’उनले भनिन्,‘ योजनामा बजेट हाल्न यत्रो मेहन गर्नुपर्छ। दुःख गर्नुपर्छ। तर, देशको प्रयाप्त पुँजी छैन्। त्यस ढंगले योजना छनौंट गर्ने जिम्मेवारीमा छौं।’

 

जिम्मेवारी पाएका निर्माण व्यवसायीले समयमा काम नगर्दा योजनाहरु अलपत्र पर्ने गरेको दावी गरिने। हुलाकी सडकको बिषयमा गम्भीरतापूर्वक छलफल भएको जानकारी दिदै कालाकाटेबाट सुरु भएको सडकलाई बाँके सम्म पु¥याउने योजना रहेको जानकारी दिइन्। कोइलावासको नाका सुचारु गर्न प्रक्रिया लामो हुने गरेको र परराष्ट्र मन्त्री संग छलफल गरेको बताइन्।

 

‘प्रदेशकै समग्र विकासमा कोइलावास नाकाले योग्दान पुर्‍याउँछ। यस बारेमा पहल गरेको छु’उनले भनिन्,‘उद्योग मन्त्रालयबाट प्रस्ताव उठाएर नाका सञ्चालनको बिषयमा काम अघि बढाउने कुरा भएको छ।’ हुलाकी सडक अलपत्र परेको, कोइलावास नाका सुचारु नभएको, राप्ती नदीमा बनेको पुरानो पुल साँघुरो भएको बिषयमा जनप्रतिनिधिले कुरा उठाए। गढवा गाउँपालिका–५ का वडा अध्यक्ष लेखबहादुर थापाले यि समस्याहरु समाधान गर्न सरकार संग माग पनि गरे। यस्तै गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले ठूला योजना अलपत्र पर्दा समस्या परेको सुनाएका थिए। यस्तै मन्त्री शर्माले सहकारी संस्थामा देखिएका समस्या समाधान गर्न सरकार स्पष्ट ढंगले लागेको दावी गरेकी छिन्।‘सरकारले सहकारीमा देखिएका समस्या समाधान गर्न काम गरिरहेका छ। अल्पकालीन, मध्यकालीन र दिर्घकालीन योजना बनाएर काम गर्न सुझाव आएको छ। त्यसैमा रहेर काम गर्दैछौं’उनले भनिन्,‘बचत तथा ऋण सहकारी संस्थामा अझ धेरै समस्या देखिएका छन्।’

 

सरकारका प्रवक्ता समेत रहेकी मन्त्री शर्मा समक्ष दाङको कोइलावास नाका सुचारु गर्न, टेलिफोनको सेवा नाका क्षेत्रमा पु¥याउन, कालाकाटे गढवा हुलाकी सडकलाई समयमै सम्पन्न गर्न, लमही गढवा सडक खण्ड अन्तरगत राप्ती नदीमा बनेको पुरानो पक्कि पुल साँघुरो भएको भन्दै नयाँ पुल बनाउने योजनालाई प्राथमिकतामा राख्न आग्रह गरिएको छ।

 

तपाईको प्रतिक्रिया