बिना निष्कर्ष टुंगियो गठबन्धनको बैठक, मन्त्रिपरिषद् विस्तारमा सहमति जुटेन

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न मंगलबार बेलुका बसेको सत्तारुढ गठबन्धन दलहरुको बैठक बिना निष्कर्ष टुंगिएको छ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कुनै सहमित हुन सकेन। बैठक फेरि बुधबार बिहान ९ बजे बस्ने छ ।

स्रोतका अनुसार आजको बैठकमा नेपाली कांग्रेसले ९, एकीकृत समाजवादी र जसपाले तीनरतीन र लोसपाले दुई मन्त्रालयमा दाबी गरेका छन्। आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी भने सहभागी भएको थिएन।

तपाईको प्रतिक्रिया