
दाङ–राजपुर गाउँपालिका वडा नम्बर १ को कार्यालयले पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न बुधबार भोली स्थानीय रानी पोखरीमा पौडी प्रतियोगिता आयोजना गर्न थालिएको छ ।
वडा नम्बर १ भित्र पर्यटकलाई आकर्षित गर्ने प्रशस्त स्थलहरु रहेको भन्दै पौडी प्रतियोगिता आयोजना गरेर सबैको ध्यान केन्द्रित गर्न थालेको वडा अध्यक्ष सूर्यप्रसाद चौधरीले जानकारी दिए।
चैतरबैशाखको गर्मिमा पनि पानी नसुक्ने ताल छ । त्यो ताल स्थानीयहरुको सक्रियतामा पुनः जीवित बनाइएको हो । अहिले त्यहि तालमा पौडी प्रतियोगिता गर्न थालिएको हो । स्थानीय कला संस्कृतिको संरक्षण गर्ने उदेश्यले सोही दिन सांस्कृतिक प्रस्तुति समेत राखिने भएको वडा अध्यक्ष चौधरीले जानकारी दिए ।
वडा नम्बर १ ले पर्यटकहरुलाई बास बस्नेको लागि होमस्टे निर्माणको समेत तयारी गरेको छ ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया