बलात्कार घटनामा जोडिएका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालतले २० लाख धरौटी बुझाएर रिहा गर्ने आदेश दिएको छ।

काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध दिएको पुनरावलोकनको निवेदनमाथि उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा थुनामुक्त गरेर मुद्दाको टुंगो लगाउन आदेश दिएको हो।
न्यायाधीश ध्रूवराज नन्द र रमेश ढकालको इजालशले यस्तो आदेश गरेको हो।
नाबालिका किशोरीमाथि जबरजस्ती करणी (बलात्कार) गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावलोकन निवेदन दिएका थिए।
यसअघि सन्दीपका कानुन व्यवसायीले पीडित भनिएकी किशोरी बालिग रहेको दाबी गर्दै जन्मदर्ता लगायतका कागजातसमेत पेस गरेका थिए।
सन्दीप पक्षले उक्त कागजात पेस गरेपछि अदालतले अस्पतालबाट किशोरीको जन्मदर्ता झिकाउने आदेश दिएको थियो। अस्पतालबाट जन्मदर्ता प्रमाणपत्रसमेत उपलब्ध गराइएको थियो।

तपाईको प्रतिक्रिया