लमहीमा खुल्यो २० करोडको लागतमा सिद्धार्थ ग्रिन लुम्बिनी होटल

लमही । लुम्बिनी प्रदेशको स्थायि राजधानी राप्ती उपत्यकामा विभिन्न क्षेत्रमा लगानी थपिन थालेका छन् । सोही अनुरुप दाङको लमहीमा सुविधा सम्पन्न होटल ग्रीन लुम्बिनीले सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटी प्रा.ली. सँगको व्यवस्थापकीय साझेदारीमा होटल सञ्चालनमा ल्याउने भएको छ ।

 

लमही नगरपालिका रातोडाडाँमा साढे १७ कठ्ठामा करीब २० करोड रुपैयाँको लगानीमा निमार्ण सम्पन्न भएको होटल ग्रीन लुम्बिनीको पौषको २९ गते उद्घाटन हुने होटलका अध्यक्ष लक्ष्मण भण्डारीले जानकारी दिए ।

होटल ग्रीन लुम्बिनीमा अत्याधुनिक सुविधासहित २० वटा कोठा, तालिक तथा पार्टीका लागि ३ वटा फरक फरक क्षमता हल, स्विमिङ पुल, स्पा लगायतका सुविधा रहेका छ । निकट भविष्यमा ४२ वटा अत्याधुनिक कोठाको साथै ४ तारे स्तरीय सुविधा प्रदान गर्ने अध्यक्ष भण्डारीले बताए । हलमा ८ सयदेखि १ हजारसम्म अट्ने क्षमता रहेको छ ।

होटल ग्रीन लुम्बिनीले लमही नगरविकासलाई वार्षिक ४ लाख ३० हजार भाडा दिने गरी ३० वर्षका लागि जग्गा भाडामा लिएर होटल सञ्चालनमा ल्याएको छ । ३० वर्षपछि होटलले सम्पूर्ण संरचना सहित नगर विकासलाई उपलब्ध गराउने छ ।

तपाईको प्रतिक्रिया