पाकिस्तानविरुद्ध नेपालको जित, अन्जनको गोल नै निर्णायक

काठमाडौं– अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा पाकिस्तानमाथि नेपालले जित निकालेको छ।

 

काठमाडौंको दशरथ रंगशालामा भर्खरै सम्पन्न खेलमा पाकिस्तानलाई १–० गोल अन्तरले हराउँदै घरेलु टोली नेपालले जित निकालेको हो।

अन्जन विष्टले ८३ औँ मिनेटमा गरेको गोल नै निर्णायक बनेको हो। नेपालका प्रशिक्षक प्रवेश कटुवालले पहिलो खेलमै जित निकाल्न सफल भएका छन्।

तपाईको प्रतिक्रिया