नेपालगञ्जमा प्रेसर कुकर बम विस्फोट हुँदा विप्लव समूहमा २ जना घाइते

 

 

 

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१० को एक घरमा प्रेसर कुकर बम विस्फोट भएको छ। बम पड्किँदा दुईजना घाइते भएका छन्।

घाइते हुनेमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता डिल्ली डिसी र धर्मराज बडुवाल घाइते भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ।

भृकुटी निवासी श्रीकला मल्लको घरमा बम विष्फोट भएको हो। घटनामा ४ जनाको संलग्न देखिएको र २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उक्त स्थालमा अन्य बमको खोजी भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया