नेपालले युएईसँग ३ खेलको ओडीआई शृंखला खेल्ने

काठमाडौं । नेपालले युएईसँग तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृंखला खेल्ने भएको छ ।

 

नेपाल क्रिकेट संघ (क्यान)ले युएईसँग ओडिआई शृंखला खेल्ने सोमबार जनाएको छ । खेल कीर्तिपुरस्थित टीयू मैदानमा हुनेछ ।

हाल जारी प्रधानमन्त्री कप क्रिकेट सकिएपछि शृंखला सुरु हुनेछ । नेपाल र युएईबीच कात्तिक २८, ३० र मंसिर २ गते खेल हुनेछ ।

नामिबियामा हुने लिग टू को शृंखलाअघि नेपालले युएईसँग खेल्न लागेको हो ।

तपाईको प्रतिक्रिया