दाङ क्षेत्र नं. १(१)बाट प्रदेश सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका टंक बहादुर विष्टले देउखुरीबासीको अधिकारका निमिक्त उम्मेदवारी दिएको बताएका छन् ।

राप्ती गाउँपालिकामा बाढी पिडित सहयोगार्थ राप्ती प्रेस मञ्च र समावेशी रेडियो राप्ती श्रोता क्लवको समन्वयमा सञ्चालित देउसी भैलोलाई सम्वोधन गर्दै विष्टले देउखुरीबासीको अधिकारको निमित्त उम्मेदवारी दिएको बताउदै ७ दल विरुद्ध एक्लै चुनाबी मैदानमा आएको बताए । ‘७ दलको विरुद्ध एक्लै लड्ने साहस गरेको छु ।’ विष्टले भने– ‘मेरो साथमा देउखुरीबासी र देउखुरीबासीको साथमा म छु ।’
प्रदेश सभा सदस्यका उम्मेदवार विष्टले चुनाव जिताएमा देउखुरीबासीको माग अनुसार काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
माओवादी केन्द्रबाट राजिनामा दिई विष्टले दाङ क्षेत्र नं. १(१) बाट स्वतन्त्रमा उम्मेदवारी दिएका छन् ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया