लुम्बिनी प्रदेशमा छिट्टै प्रदेश प्रहरीको संरचना तयार हुन्छः मुख्यमन्त्री केसी

मानसिंह विश्वकर्मा
बुटवल–लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नेपाल प्रहरीले सधै जनताको सेवामा काम गरिहरको बताउँदै आगामी दिनमा लुम्बिनी प्रदेशमा प्रहरी ऐन पारित भई सकेकोले अब लुम्बिनी प्रदेशमा छिट्टै प्रदेश प्रहरी निर्माण गरिने बताएका छन् ।

 

बुटवलमा आयोजित ६७ औँ नेपाल प्रहरी दिवसको अवसरमा सम्बोधन गर्दै मख्यमन्त्री केसीले सो कुरा बताएका हुन् । मुख्यमन्त्री केसीले नेपाल प्रहरीले नागरिकको सुरक्षामा कतव्र्यनिष्ट भइ अगाडि बढ्न अनुरोध गर्दै जनताको सेवा र अपराध अनुसन्धानमा लागेर नेपाल र लुम्बिनी प्रदेशमा शान्ति कायम गर्नका लागि अनुरोध गरे ।

मुख्यमन्त्री केसीले नेपालमा प्रहरी संगठनले जसरी आफ्नो नाम उच्च बनाएको छ, त्यसरी नै आगामी दिनमा पनि आफ्नो संगठनको पहिचान र उचाईलाई थप विकास गर्नका लागि सबैले जिम्मेवार भएर लाग्नका लागि अनुरोध गरे ।

प्रहरी दिवशको अवसरमा मुख्यमन्त्री केसीले अबको संघात्मक अवस्थामा नेपाल प्रहरी र प्रदेश प्रहरीको संगठन निर्माण गरी संघ र प्रदेशलाई शान्ति अमनचयन कायम गरिने बताउँदै त्यसका लागि ऐन पास भईकोले अब सरकारले कार्यरुप प्रदान गर्ने बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्री तिलक राम शर्माले नेपाल प्रहरीले सधै जनताको सेवामा लाग्न अपिल गर्दै नेपाल प्रहरी जनताको साहराको रुपमा हुनु पर्ने बताए । मन्त्री शर्माले भने ‘लुम्बिनी प्रदेशमा प्रहरी ऐन पारित भएको हुदा त्यसलाई कार्य रुपपमा दिनका लागि सरकार लागि परेको छ ।’

कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुख नलप्रसाद अधिकारीको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया