सत्यमोहन जोशीको निधनको शोकमा मंगलबार सार्वजनिक बिदा

 

 

सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा मङ्गलवार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै भोली मंगलबार सार्वजनिक विदा दिने जनाएको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेका विज्ञप्तिमा मङ्गलवार कात्तिक १ गते जोशीको निधनको शोकमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।

जोशीको एक सय तीन वर्षको उमेरमा आइतवार बिहान किष्ट अस्पतालमा निधन भएको थियो ।

विज्ञप्तिमा भनिएको छ जोशीको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक सङ्घ–संस्था र विदेशमा रहेका कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको छ ।

तपाईको प्रतिक्रिया