राजपुरमा माओवादी परित्यागगरि एमालेमा प्रवेश गर्नेकाे लहर, चर्चित नेता गिरी एमालेमा प्रवेश

 

 

दाङ-दाङ क्षेत्र नम्बर १ मा चुनावी सरगर्मि बढ्दाे छ । एमाले प्रतिकाे आकर्षण बढेकाे छ । चुनावी अभियानका क्रममा विभिन्न राजनीतिक दल परित्यागगरि एमालेमा प्रवेश गर्नेकाे लहर चलेकाे छ ।

राजपुर गाउँपालिका किमिटिका अध्यक्ष हेमकुमार जिसीकाे अध्यक्षतामा राजपुर गाउँपालिका-२ बेलामा साेमवार आयाेजित कार्यक्रममा नेकपा माओवादी केन्द्र परित्याग गरि चर्चित नेता अम्मर गिरी एमालेमा प्रवेश गरेका छन् । गिरी सहित ८० जना एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमाले पाेलिटव्यूराे सदस्य तथा क्षेत्र नम्बर १ का उम्मेदवार शान्ता चाैधरी, केन्द्रीय लेखा आयाेग सदस्य रेवतीरमण शर्मा, प्रदेश कमिटी सदस्य धुब्र आचार्य, प्रदेश कमिटी सदस्य तथा प्रदेश सभा सदस्य उम्मेदवार गंगाराम भट्टराई, प्रदेश कमिटी सदस्य नारायण डिसी छम्पाली, क्षेत्र नम्बर १ का संयाेजक सहजराम यादव, राजपुर गाउँपालिका इञ्चार्ज कुलराज गिरी लगायतले स्वागत गरेका थिए ।

 

तपाईको प्रतिक्रिया