दाङको जंगलमा किशोर–किशोरीको शव गाडिएको अवस्थामा भेटियो

 

 

दाङ । दाङको जंगलमा एक जोडी किशोर–किशोरीको शव गाडिएको अवस्थामा भेटिएको छ।

तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँको जंगलमा गाडिएको अवस्थामा किशोर–किशोरीको शव भेटिएको हो।

भेटिएको शव दमारगाउँकै १५ वर्षीया रोशनी महतारा क्षेत्री र दंगिशरण गाउँपालिका–६ थपगाउँका १४ वर्षीय शरद आचार्यको रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

वस्तु चराउन गएका स्थानीयले गन्ध आएपछि खाल्डो खोर्सिएर हेर्दा शव देखेका थिए। त्यसपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबरपछि फरेन्सिक विज्ञसहितको टोली गएर उत्खनन् गरेर शव निकालिएको छ ।

उनीहरु असोज २७ गते हराएको भन्दै असोज २८ गते प्रहरीमा निवेदन समेत परेको थियो। गाडिएको अवस्थामा दुई जनाको शव भेटिएकाले हत्याको आशंका गरिएको छ। मृत भेटिएको दुवै जना स्थानीय अम्बापुर माविमा कक्षा ९ मा अध्ययनरत थिए।

तपाईको प्रतिक्रिया