
दाङ । दाङको लमहीमा साहित्यकार तेजप्रसाद खनालको कृति जुनेली रात चारु सङ्ग्रह एक कार्यक्रमका विच विमोचन गरिएको छ ।
चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको आयोजनामा आयोजित यस कार्यक्रमको अध्यक्षता चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशका अध्यक्ष तेजप्रसाद खनालले गरेका थिए । कार्यक्रममा गजल शिरोमणि डा. घनश्याम न्यौपान (परिश्रमी) प्रमुख अतिथि रहेका थिए भने विशिष्ट अतिथिमा चारु प्रवर्तक डा. देवी पन्थी रहेका थिए ।
यसै सन्दर्भमा संयुक्त लेखनमा रचित नवरत्न चारु सङ्ग्रह पनि विमोचन गरिएको छ। प्रमुख अतिथि , विशिष्ट अतिथि लगायतका साहित्यकारहरुको उपस्थितिमा यी दुई कृतिहरु विमोचन भएका हुन। कार्यक्रमका अध्यक्ष तेजप्रसाद खनालले कार्यक्रमको औचित्यताको प्रस्तुतिबाट सुरु भएको यस कार्यक्रममा डा. देवी पन्थीले दुबै कृतिको समीक्षा गरेका थिए ।
त्यसैगरी प्रमुख अतिथि डा. घनश्याम न्यौपानेले सर्जकलाई हार्दिक शुभकामना व्यक्त गरेका थिए । साहित्यकार हरि पोख्रेल, स्वर्ण शिखा, धनसिंह गिरी, छविलाल कोपिला, लमही न. पा. ५ का वडा अध्यक्ष ओमप्रकाश सुवेदी (सागर), जगतराम यादव, भूमि आयोग दाङ जिल्ला अध्यक्ष लेखराज रेग्मी ,प्राध्यापक हरेकृष्ण ज्ञवाली , लिलाराम खनाल लगाएतले स्रष्टालाई शुभकामना दिएका थिए ।
चारुकार यज्ञलाल सुवेदी , अमृता रसायली रामदाम, अम्बिका खरेल उप्रेती , सीता शर्मा पन्थी, सन्जना शर्मा , तेजप्रसाद खनाल, नागेन्द्र यादव लगायतले चारु वाचन समेत गरेका थिए। यसै यसै कार्यक्रमका विच चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेश कमिटी सार्वजनिक पनि गरिएको थियो। जस अनुसार तेजप्रसाद खनाल अध्यक्ष , सन्जना शर्मा उपाध्यक्ष , यागेन्द्र यादव सचिव, वसन्त अनुभव कोषाध्यक्ष र सदस्यहरुमा नविना रेग्मी , सिर्जना खनाल, मुना पन्थी र यज्ञलाल सुवेदी रहेका छन् ।
कार्यक्रमको सञ्चालन नागेन्द्र यादवले गरेका थिए ।

तपाईको प्रतिक्रिया