काठमाडौँ । रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले यही वैशाख २८ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) को बिक्री खुला गर्ने भएको हो । सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित दरमा २७ लाख ३० हजार कित्ता सेयर बिक्रीका लागि दरखास्त आह्वान गरेकोे छ ।
कम्पनीले कूल २७ लाख ३० हजार कित्ता सेयरमध्ये दुई प्रतिशत अर्थात ५४ हजार छ सय कित्ता कम्पनीका कर्मचारी र पाँच प्रतिशत अर्थात एक लाख ३६ हजार पाँच सय कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी २५ लाख ३८ हजार नौ सय कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
कम्पनीले निष्काशन गर्ने शेयरमा सर्वसाधारणले यही वैशाख २८ गतेदेखि छिटोमा आगामी जेठ ४ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन पाउने छन् । यो समयमा माग बमोजिम आवेदन नआए आगामी जेठ ११ गतेसम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर सेयर खरिदका लागि आवेदन दिन सक्ने कम्पनीको सार्वनजिक सूचनामा उल्लेख छ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

तपाईको प्रतिक्रिया