काठमाडौँ । नेपाल सरकारका स्वास्थ्यमन्त्री विरोध खतिवडाले निर्वाचन आचारसंहिता विपरीत पार्टीको प्रचार प्रसार गर्न हेटौँडा प’गेका छन् ।

मन्त्री खतिवडा सोमबार हेटौँडा महानगरपालिकामा सत्तारुढ गठबन्धनको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् ।
निर्वाचन आचारसंहिताले नेपाल सरकार वा प्रदेश सरकारका मन्त्रीले कुनै पनि राजनैतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नपाइने व्यवस्था गरेको छ । तर मन्त्री खतिवडा भने सरकारी नम्बर प्लेटको गाडीबाट हेटौँडा पुगेका हुन् ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया