
निरला अर्याल
तुलसीपुर । तुलसीपुर नगर जेसिजले आयोजना गरेको जेसिज सप्ताह २०२२ सम्पन्न भएको छ । तुलसीपुर जेसीजका अध्यक्ष केशबराज केसीको अध्यक्षता तथा महिला अधिकारकर्मी सुस्मा गिरिको प्रमुख आतिथ्यतामा सप्ताह ब्यापी कार्यक्रम सम्पन्न भएको हो ।
जेसीज अभियान युवाहरुको नेतृत्व र व्यक्तित्व विकासको विश्व विद्यालय भएको चर्चा गरिएको छ । हरितालिका तिजसँग जोडेर जेसीज सप्ताहको समापन गरिएको हो । तिजलाई भडकिलो नबनाउ प्रमुख अतिथि गिरीले अपिल गरेकी छन् ।
कार्यक्रममा नेपाल जेसिजका रास्ट्रिय उपाध्यक्ष नेत्रलाल भट्टाराई, अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य निर्मला डाँगी, नेपाली कांग्रेस तुलसीपुर नगरका सभापति सुरेश हमाल, तुलसीपुर उद्योग वाणिज्य संघ का पूर्व अध्यक्ष विमल रिजाल, सेन्टर माबी तुलसीपुरका प्रधानाध्यापक भागवत पौडेल, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य नारायणी रजौरे, त्रिभुवन दाङ महिला जेसिजका सारदा घर्ती लगायतकाले जेसीजले रचनात्मक तथा उर्जाशिल काम गरेर समाज रुपान्तरणमा योग्दान पुर्याएकोमा आभार प्रकट गरे ।
कार्यक्रम संयोजक कमलप्रकाश शर्माको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष सन्दिप भुसालले आस्थापाठ गरेका थिए । जेसिज सप्ताहका मुल संयोजकमा कार्यकारी उपाध्यक्ष चुरामनी कडेल रहेका थिए।
यसै बीच फुटसल प्रतियोगितामा तुलसीपुरका २१ वटा विद्यालयको सहभागीता रहेको थियो । प्रतियोगितामा माबी सेन्टर प्रथम भएको छ भने ३५ हजार नगद, प्रमाण पत्र मेडल, कप प्रदान गरिएको छ । दोस्रो गोरखा माध्यमिक विद्यालय भएको छ । जसले १५ हजार नगद, प्रमाणपत्र, मेडल र कप प्राप्त गरेको छ । कार्यक्रमको सहजिकरण महासचिव पूर्णविक्रम डाँगीले गरेका थिए ।

तपाईको प्रतिक्रिया