
दाङ । राप्ती गाउँपालिकाको निःशुल्क शिक्षा कार्यन्वयन निर्देशक समितिका २ सदस्यले शनिबार राजिनामा दिएका छन् ।
राजिनामा दिनेमा निशुल्क शिक्षा कार्यन्वयन निर्देशक समिति सदस्य गिता चौधरी र देव प्रसाद चौधरी रहेका छन् ।
गिता चौधरी र देव प्रसाद चौधरीले संयुक्तरुपमा विज्ञप्ती जारी गरी राजिनामा दिएका हुन ।
राप्ती गाउँपालिकाका अन्तर्गत सामुदायिक विद्यालयको वाल शिक्षा देखि कक्षा १० सम्म निशुल्क शिक्षाका लागि गरिएको विधि, प्रकृया र नियम विपरित गतिविधि भएको भन्दै राजिनामा दिएका हुन् ।
‘हाल आएर शिक्षक छनौट समितिको गठन गरी पदपुर्ति समितिले गरेका काम कार्यवाहीमा गम्भिर कानुनी प्रश्न खडा हुनुको साथै आज आएर शिक्षा छनौट समिति गठन गरे बाट शिक्षक छनौट प्रकृया कानुनी रुपमा त्रुटी पूर्ण र व्यवाहारिक रुपमा शंकास्पद छ’ बिज्ञप्तिमा भनिएको छ ‘त्यसैले निःशुल्क शिक्षा कार्यन्वयन निर्देशक समितिको सदस्यबाट राजिनामा दिएका छौं ।’


तपाईको प्रतिक्रिया