
जगत खनाल
दाङ । राप्ती गाउँपालिकाबाट सरुवा भएर बिजयनगर गाउँपालिका कपिलवस्तु जान लाग्नु भएका प्रमुक प्रशासकीय अधिकृत शोभाराम रिजालको आज एक कार्यक्रम बिच बिदाई गरिएको छ ।
राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टको अध्यक्षतामा भएको उक्त बिदाई कार्यक्रममा मायाको चिनो र नेपाली ढाका टोपी लगाएर अध्यक्ष बिष्टले अधिकृत रिजाललाई बिदाई गरेका छन् ।
२०७६ माघ २२ गतेदेखी प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत रिजालले राप्ती गाउँपालिकाबासीको मन जित्न सफल भएका थिए । कुसल कार्यदक्षता प्रस्तुत गरेका रिजालले राप्ती गाउँपालिकाको विकासमा अहम् भुमिका खेलेकोमा कार्यक्रममा बोल्ने वक्ताहरुले प्रशंसा गरेका थिए ।
राजनीतिक रुपमा केहि असहमति रहेका कारण बजेट प्रस्तुत गर्ने दिन बहिष्कार गरेका एमालेवाट निर्वाचित जनप्रतिनिधिहरुले आजको बिदाई कार्यक्रमपनि बहिष्कार गरेका थिए । समन्वयकारी भुमिका नखेलेको भन्दै एमाले निकट जनप्रतिनिधिहरुले रिजालको चर्को आलोचना गर्दै आएका थिए ।
राप्ती गाउँपालिकामा नयाँ कार्यकारी अधिकृतको रुपमा लुम्बिनी प्रदेश सरकार अन्तर्गत रहेको आर्थिक तथा सहकारी मन्त्रालयमा कार्यरत नेप बहादुर वली आउन लागेका अध्यक्ष बिष्टले जानकारी दिए ।
राप्तीका प्रमुख प्रशासकीय अधिकृतको विदाइ, एमाले जनप्रतिनिधीहरुद्धारा बहिस्कार

तपाईको प्रतिक्रिया