दाङ । राप्ती गाउँपालिकाका प्रशासकीय अधिकृत शोभाराम रिजालको मंगलबार एक कार्यक्रमका विच विदाइ गरिएको छ ।

उक्त विदाइ कार्यक्रममा एमालेबाट विजयी भएकी पालिका उपाध्यक्ष कमलापति चौधरी, एमालेबाट विजयी भएका अन्य वडाध्यक्ष तथा सदस्यहरु अनुपस्थित रहेका थिए ।
कार्यक्रममा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, निवर्तमान अध्यक्ष नुमानन्द सुवेदी, निवर्तमान उपाध्यक्ष जगदम्बाकुमारी चौधरीकोसमेत उपस्थित रहदा एमालेबाट विजयी भएका कुनैपनि जनप्रतिनिधीहरुको देखिएका थिएनन् ।
यसभन्दा पहिला बजेट घोषणा गर्दापनि एमालेका जनप्रतिनिधीहरुले हस्ताक्षर नगरी बहिस्कार गरेक थिए । तर, एमालेका स्थानीय एक नेताका अनुसार बहिष्कार गर्ने पार्टीको नीति नभएको बताए ।ञबहिस्कार गर्ने पार्टीको नीति होइन । तर, प्रमुख प्रशासकीय अधिकृतको भुमिका सन्तुलित भएन’ उनले भने– ‘सन्तुलित भूमिका निभाउनु पर्ने प्रमुख प्रशासकीय अधिकृतले एक पक्षिय रुपमा अघि बढ्न खोज्दा केही टसल भने रह्यो ।’
रिजालकाे विजयनगर गाउँपालिका, कपिलबस्तुमा सरूवा भएकाे जान लागेका छन् ।

तपाईको प्रतिक्रिया