जगत खनाल
दाङ । राप्ती गाउँपालिका भित्र रहेका विभिन्न विद्यालयमा कार्यरत निजि श्रोतका शिक्षक्षहरुले आफुहरुलाई पहिलाकै परिक्षाको आधारमा नियुक्ति गर्न माग गर्दै राप्ती गाउँपालिका अध्यक्षलाई ५ बुदे ज्ञापन पत्र बुझाएका छन् ।

निजि श्रोतका शिक्षक कुमार पुनको नेतृत्वमा गएको एक टोलिले अध्यक्ष बिष्टलाई ज्ञापन पत्र बुझाएको हो ।
उक्त ज्ञापन पत्रमा निजि श्रोतमा सेवारत शिक्षकहरु जो पहिले गाउँपालिका, विद्यालय र शिक्षा बिकास समन्वय कै रोहबरमा प्रतिस्पर्धा गरि छनोट भै सकेकाले पहिलेकै परिक्षालाई आधारमानी नियमन गर्नु पर्ने, सेवारत निजि श्रोतका सम्पुर्ण शिक्षकहरुलार्इ नियमन गर्न र अपुग भए दरबन्दीको लागि मात्र खुल्ला विज्ञापन खोल्नु पर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
यस्तै हाल गाउँपालिकाबाट लागू गरिएको स्थानीय पाठ्यक्रमको लागि पनि बिज्ञापन गर्नु पर्ने लगायतका माग गरिएको छ ।
उक्त कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास बिकले सवै कानुन अनुसार जानू पर्ने भएकाले सम्पुर्ण निजि शिक्षकलाई तयारीका साथ परिक्षामा सामेल हुन र उत्तीर्ण हुन पनि आग्रह गरेका छन् ।
ज्ञापन पत्र बुझ्दै अध्यक्ष बिष्टले निजि श्रोतका शिक्षकलाई सजिलो हुने गरि कार्यपालिकामा प्रस्ताव लैजाने र सकेसम्म माग अनुसारनै काम गर्ने बताए । हाल राप्ती गाउँपालिकामा करिब २३ जना निजि श्रोतमा शिक्षक शिक्षिका कार्यरत रहेका छन ।

तपाईको प्रतिक्रिया