दाङमा विद्यार्थी कुट्ने शिक्षक बर्खास्तीको माग गर्दै विद्यालयमा तालाबन्दी

 

 

दाङ । विद्यार्थी कुट्ने शिक्षकलाई बर्खास्त गर्न माग राख्दै अनेरास्ववियु दाङले जनज्योति माध्यमिक विद्यालय राजपुर–२ बेलामा तालाबन्दी गरेको छ । कक्षा १२ मा अध्ययनरत विद्यार्थी मन्साराम यादवलाई नियोजन रुपमा निर्घात कुटपिट गर्ने शिक्षक पाटेश्वर यादवलाई तत्काल बर्खास्त गर्न माग गर्दै अनेरास्ववियुले विद्यालयमा तालाबन्दी गरेको अध्यक्ष सर्जन परियारले जानकारी दिए ।

परियारको नेतृत्वमा पुगेको विद्यार्थी संगठनको टोलिले प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेको थियो । आफ्नि छोरीसँग प्रेम गरेको निहुँमा शिक्षक यादवले नियोजित रुपमा कुटपिट गरेर गम्भीर घाइते बनाएका थिए ।

यादवसहित उनका दाजुगरि दुई जना प्रहरी हिरासतमा छन् । ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान थालेको छ ।

तपाईको प्रतिक्रिया