राप्ती करिडोरको शिलान्यास, सडक बनाउन १० अर्ब लाग्ने अनुमान

 

 

दाङ । राप्ती नदिको दुबै किनारमा पक्की सडक बनाउनेगरी राप्ती करिडोर सरकारले अघि सारेको छ ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीलाई लक्षित गरी नेपाल सरकार सहरी विकास मन्त्रालय र एसियाली विकास बैंकको संयुक्त लगानीमा करिडोर निर्माण हुने सहरी विकास मन्त्री मेटमणी चौधरीले जानकारी दिए । राप्ती नदिमा आउने बाढीका कारण हुने कटान, डुबानको समस्यालाई दिर्घकालिन रुपमा समाधान गर्ने र नदि किनार क्षेत्रलाइ पर्यटकिय गन्तब्य बनाउने लक्ष्य राखिएको उनले बताए ।

मन्त्री चौधरीले सो परियोजनाको सोमबार शिलान्यास समेत गरेका छन् । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टको अध्यक्षमा राप्ती गाउँपालिका १ पाखापानी ईन्टेक नम्बर २ मा करिडोरको शिलान्यास गरिएको छ ।

लुम्बिनी प्रदेशको राजधानी क्षेत्र भएकाले पनि नदिको व्यवस्थापन जरुरी रहेको र त्यसमा तीन तहकै सरकारको समन्वय तथा सहकार्य रहने बताए । नदिको दुबै तर्फगरी १३५ किलोमिटर लम्बाईको २१ मिटर मिटर चौडा सडक निर्माण गरिने, जसको लागि १० अर्ब बजेट आवश्यक पर्ने सहरी विकास तथा भवन निमार्ण विभागका महानिर्देशक सुरेन्द्र मोहन श्रेष्ठले जानकारी दिए ।

राप्ती नदिको दाङ खण्डमा नदिको एउटा किनार ६७.५ किलोमिटर र अर्को किनार ६८.३ किलोमिटर लामो रहेको छ ।

सहरी विकास मन्त्रालयले करिडोरको डिपिआर तयार पार्ने र एसियाली बिकास बैंकसँग साझेदारी गरेर करिडोरको काम सुरु हुने छ । एडिबिका कन्ट्री डाइरेक्टरसँग भएको बैठक पछि करिडोर शिलान्यासको योजना बनेको मन्त्रालयले जनाएको छ । मन्त्री मेटमणी चौधरीले करिडोरको शिलान्यास गर्दै छिट्टै निर्माणको काम सुरु हुने बताए ।

राप्ती नदी किनारको दुवैतर्फ सडक कालोपत्रेसहित हरियाली पार्क, नयाँ ४ शहरसहितको बस्ती विकास हुनेछ । जस अनुसार नयाँ ठुला शहरको रुपमा भालुवाङ, गढवा, राजपुर र बाँकेको अगैयामा बस्ती विकास हुनेछ ।

 

 

तपाईको प्रतिक्रिया