देउखुरीमा ट्याक्टरबाट खसेर मृत्यु

दाङ । दाङमा ट्याक्टरबाट खसेर एक जना किशोरको मृत्यु भएको छ ।

 

बिहीबार बिहान लमही नगरपालिका–६ देउपुरमा ट्याक्टरबाट खसेर स्थानीय १५ वर्षीय सुशान चौधरीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख पुष्पराज थापाले जानकारी दिए ।

लु ४ त ८१०६ नम्बरको ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका चौधरीको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रयाक्टर सहित चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ । ढुंगा झार्ने क्रममा चाैधरी ट्याक्टरबाट खसेकाे बताइएको छ।

तपाईको प्रतिक्रिया