काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मंसिर ४ गते एकै चरणमा हुने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति टुंगो लगाएको हो।

बुधबार बसेको सत्ता गठबन्धनको बैठकले मंसिर ४ गते निर्वाचन गर्ने सहमति गरेको थियो। सोही अनुसार मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए।
यसअघि २०७४ सालमा प्रतिधि सभा र प्रदेश सभाको निर्वाचन मंसिर १० गते र मंसिर २१ गते गरी दुई चरणमा सम्पन्न भएको थियो।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया