मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सत्ता गठबन्धनका नेताहरु सहमत

काठमाडौं । मंसिर ४ गते सत्तारुढ गठबन्धनका दलहरु प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्न सहमत भएका छन्।

 

निर्वाचन आयोगले गरेको प्रस्तावअनुसार गठबन्धनका दलहरु मंसिर ४ गते एकै चरणमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्न सहमत भएका हुन्।

बुधबार अपराह्न प्रधानमन्त्रीको सरकारी निवासमा बसेको गठबन्धन दलका शीर्ष नेताहरुको बैठकमा मंसिर ४ गते निर्वाचन गर्ने सहमति जुटेको प्रधानमन्त्री शेरबहादुर देउवानिकट नेपाली कांग्रेसका १ नेताले जानकारी दिए।

निर्वाचन आयोगले मंसिर २ गते चुनाव सम्पन्न गर्न सकिने गरी मिति घोषणाका लागि सरकारलाई सिफारिस गरेको थियो। तर, प्रधानमन्त्री देउवाको व्यक्तिगत चाहनाअनुसार अरु नेताहरु पनि मंसिर ४ गते निर्वाचन गर्न सहमत भएका हुन्।

गठबन्धनका नेताहरुबीच सहमति जुटेपछि अब बस्ने मन्त्रिपरिषद्‌ बैठकले निर्वाचनको मिति तोक्ने छ।

तपाईको प्रतिक्रिया