तिलोत्तमाको अवैध कल सेन्टर प्रकरण : सिआईबीले थाल्याे अनुसन्धान

बुटवल । रुपन्देहीको तिलोत्तमामा भेटिएको अवैध कल सेन्टरको घटना बारे अध्ययन गर्न काठमाण्डौंदेखि आएको सिआईबी टोलीले मंगलबारदेखि काम सुरु गरेको छ । तिलोत्तमा–२ स्थित जानकीनगरमा सञ्चालित ब्लू स्काई बिजनेश सोलुशन प्रा.लिका सञ्चालक मुख्य अभियुक्तलाई प्रहरीले ठगी आरोपमा अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरेको छ ।

 

ईलाका प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक ठग बहादुर केसीले त्यहाँ काम गर्ने एक सय १५ जना पुरुष र ९८ जना महिला कर्मचारी समेत दुइ सय १३ जनालाई निगरानीमा राखी मुख्य भूमिकामा रहेका दुइ जनामाथि ठगी मुद्दामा अनुसन्धान भइरहेको बताए ।

कल सेन्टरबाट बरामद भएका उपकरणका बारेमा यथेष्ट जानकारी लिन नसकेपछि अनुसन्धानका लागि सीआईबीको टोली बुटवल आएको हो ।

कल सेन्टरका मुख्य भूमिकामा रहेका जिल्ला दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १३ का ४० वर्षीय हिमाल बाठा मगर र भारत विहार प्रदेश गायविद्या पञ्चायत मचारीका २५ वर्षीय जिसाद दवाङ्गेलाई पक्राउ गरी ठगी मुद्दा दर्ता गरिएको छ ।

 

 

तपाईको प्रतिक्रिया