बराखुट्टी स्थित मकैबारीमा कुहिएको अवस्थामा शव फेला

 

 

भालुवाङ । दाङको देउखुरीमा कुहिएको अवस्थामा एक वृद्धको शव फेला परेको छ ।

राप्ती गाउँपालिका वडा नम्बर २ बराखट्टी निवासी ७७ वर्षिय शिवलाल घर्ती क्षेत्रीको शव मकैबारीमा कुहिएको अवस्थामा फेला परेको हो ।

गत असार ३० गते घरबाट निस्केका ती वृद्धको सोमबार विहान करिव ९ बजेको समयमा घर देखि तीन सय मिटरको दुरीमा रहेको मकैबारीमा स्थानीयले फेला पारेका थिए ।

सडेर गन्ध आइरहेको अवस्थामा स्थानीयले शव फेला पारेका थिए । वृद्धको पुरै शरीर कुहिसकेको अवस्थामा मकै बारीमा शव फेला परेको भालुवाङ ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुजनबिक्रम शाहले जानकारी दिए । । ‘शरीर कुहिएर अस्थिपञ्जर देखिएको छ’,  शाहले भने  ‘छोराहरु विदेशमा रहेका र घरमा एक्लै बस्दै आएको हुदा मृत्युको कारण खुल्न सकेको छैन ।’

क्षेत्रीको शवलाई पोष्टमार्टमका लागि लमही अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया