देउखुरीको एक गोठमा आगलागी, ५० हजार बढीको क्षति

 

 

दाङ । राप्ती गाउँपालिका ४, पिपरखुट्टीमा एक गोठमा शनिबार दिउँसो आगलागी भएको छ ।

पिपरखुट्टीकी छमा पन्थीको गोठमा शनिबार दिउँसो करिब ४ आगलागी भएको हो । घरमा केटाकेटीले लाइटर खेलाउने क्रममा आगलागी भएको पिडित पन्थीले जानकारी दिइन् ।

आगो लाग्ने बित्तिकै पशुचौपायालाई भने तत्काल उद्धार गरिएकाले पशुचौपायालाई केही नभएको बताईएको छ । आगलागीबाट गोठ जलेर पूर्ण रूपमा खरानी हुँदा करिब ५० हजार बढीको क्षति भएको पिडित पन्थीले बताएकी छिन् ।

स्थानीयबासीहरूको सक्रियतामा करिब २० मिनेट पछि आगो नियन्त्रणमा आएको थियो ।

(प्रशिक्षार्थी पत्रकारद्वय सपना रिजाल र संगिता भण्डारीले खबर पठाएका छन्)

तपाईको प्रतिक्रिया