चट्याङ लागेर दाङमा बालकको मृत्यु

 

 

दाङ। चट्याङ लागेर दाङमा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नं. १९ खानीगाउँका १५ वर्षीय बालक शंकर विक रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार घर नजिकै गोरु चराउन गएका समयमा बिकको शुक्रवार दिउसो चट्याङ लागेर घटनास्थलमै मृत्यु हो ।

तपाईको प्रतिक्रिया