
दाङ । दाङमा कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका–१० जलौरा चोकमा कारको ठक्करबाट सोही ठाउँका २५ वर्षीय देवराज चौधरीको मृत्यु भएको छ ।
चौधरीलाई आइतबार राति पौने ९ बजेतिर कारले ठक्कर दिएको थियो । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको बा. ०१–०२५ च ७७६४ नम्बरको कारले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
कारको ठक्करबाट गम्भीर घाइते चौधरीको राप्ती स्वास्थ्य विज्ञानमा उपचारको क्रममा निधन भएको हो । चालक र गाडी नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया