राप्ती प्राविधिक शिक्षालय एकमा हप्ता सर्छः अध्यक्ष विष्ट

दाङ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले राप्ती प्राविधिक शिक्षालय एक हप्तामा मौरीघाटबाट सर्ने बताएका छन् ।

 

राप्ती गाउँपालिकामा प्रदेश पूर्वाधार विकास प्राधिकरणले आयोजना गरेको जग्गा फुकुवा सम्बन्धी सर्वदलिय बैठकमा बोल्दै अध्यक्ष विष्टले शिक्षा मन्त्रालयबाट पत्र आइसकेको हुदा एक हप्तामा गढवा गाउँपालिकमा शिक्षालय सर्ने बताएका हुन् । अध्यक्ष विष्टले भने ‘शिक्षा मन्त्रालयले पत्र पठाइसकेको हुदा  राजधानी कार्यान्वयनका लागि शिक्षालय सरस्वती माध्यमिक विद्यालय गोवरडियामा एक हप्तामा सर्ने छ ।”

अध्यक्ष विष्टले शिक्षालय गोवरडियामा सरेपछि शिक्षालयलाई सरसफाई र रङ्गरोहन गरी भदौको पहिलो हप्ता भित्र मुख्यमन्त्री र अर्थमन्त्रको कार्यालय आउने समेत दाबी गरेका छन् ।

तपाईको प्रतिक्रिया