बुटवल । रुपन्देहीको तिलोत्तमामा एक युवती मृत अवस्थामा फेला परेकी छन् ।

तिलोत्तमा ३ शंकरनगर बस्दै आएकी अन्दाजी २२ वर्षीया अस्मिता पटहरा शर्मा आइतबार तिनाउ नदीमा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
शर्मा शनिबार दिउँसो १२ बजेदेखि हराएकी थिइन । उनि आइतबार तिनाउ नदीको बीच भागमा घोप्टो अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर २ माइत भएकी अस्मिताले गत वैशाख २६ गते विवाह गरेकी थिईन । उनका पति रोजगारका लागि भारतमा रहेका छन् । गुल्मीको दरबार गाउँपालिका ४ घर भई हाल तिलोत्तमा ३ शंकरनगरमा सासुसँग घर भाडामा बस्दै आएका थिए ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया