बुढीगंगा नगरपालिकाको मेयर र उमपेयरमा एमाले विजयी

बाजुरा । बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ। नगरप्रमुखमा रामबहादुर बानियाँ र नगर उपप्रमुखमा माया कुमारी खड्का (कुँवर) विजयी भएका हुन्।

 

बिहीबार सम्पन्न भएको निर्वाचनमा एमालेका उम्मेदवार बानियाँले ४ हजार ७ सय ७७ मत ल्याएका छन्। यस्तै, उपप्रमुखमा कुँवरले ४ हजार ७ सय २७ मत ल्याएकी छन्।

नगरप्रमुखमा बानियाँका निकटतम प्रतिद्वन्द्वाी नेपाली कांग्रेसका नगर प्रमुख रंगबहादुर खातीले ३ हजार ७ सय ७४ मत ल्याएर पराजीत भएका छन्।

यस्तै उपप्रमुखमा पनि कांग्रेसका उम्मेदवार बनेकी रिता शाहीले ३ हजार ७ सय ५५ मत ल्याएकी छिन्।

१० वटा वडा रहेको बुढिगंगा नगरपालिकामा ७ वडामा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारले जितेका छन्।

तपाईको प्रतिक्रिया