
दाङ । दाङमा जंगली च्याउ टिप्न गएकाहरु खोलामा आएको बाढीले छेकिएपछी सशस्त्र प्रहरीले उद्दार गरेका छन् । राजपुर गाउँपालिका वडा नम्बर २ स्थित दक्षिण चुरे भएर उत्तर तर्फ बग्ने सोमइथान खोलाले छेकिएपछी उनिहरुको उद्दार गरिएको हो । १६/१७ जनाको समूह भएर त्रीशक्ती सामुदायिक वन क्षेत्रमा च्याउ खोज्न गएका बेला खोलामा आएको बाढीले उनिहरुको बाटो छेकेको थियो ।
रणसिंह दल गण लमही ब्यारेकका क्याप्टेन जलमदेव चौधरी, नं. २९ ज्वालामाई गण हेड क्वाटर भालुवाङका प्रहरी निरीक्षक धनन्जय केसी, सशस्त्र प्रहरी वल नं. ४१ गण हेक्वा अर्जुन खोलाका प्रहरी निरीक्षक रबिन्द्र कार्की, वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक पुष्पराज थापा, ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक रन्जु केसी लगायतको टोली घटनास्थलमा पुगेको थियो ।
राजपुर बेला गाउँपालिका वडा नम्बर २ बेला चप्फाका स्थानीय महिलाहरु च्याउ खोज्न जंगल गएर फर्किने समयमा (रसरी र माररी खोला मिलेर बनेको)सोमैथान नजिक रहेको दरबाजा खोलाले १७ जनाको बाटो छेकेको थियो ।
त्यस क्षेत्रमा रातिदेखि नै पानी परिरहेको थियो । पानी परेको समयमा जंगलमा च्याउ उम्रेका होलान् भनेर उनीहरु जंगल गएका थिए । जंगल जाने बेला सामान्य रहेको खोला उनीहरु फर्किँदा खोलाको बीचमा पुगेपछि बहाब बढ्दा बीचमै फसेका थिए ।

तपाईको प्रतिक्रिया