
काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ ।
चुनावी अभियान अन्तर्गत आज बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको समयमा आबेमाथि गोली प्रहार भएको थियो । उनी ६७ वर्षका थिए ।
गोली लागेपछि भुइँमा लडेका उनलाई तत्कालै नारा युनिभर्सिटीको अस्पताल लगिएको थियो । गोली लागेपछि बेहोस भएका उनको उपचारकै क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
सम्बोधन गरिरहेको समयमा आबेलाई दुई पटक गोली हानिएको थियो। पहिलो गोलीले उनलाई लागेको थिएन तर दोस्रो गोली उनको गर्दनमा लागेको थियो ।
आबेले सन् २०२० मा प्रधानमन्त्री पद छाडेका थिए । यद्यपि सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीमा उनी अझै पनि प्रभावशाली नेताको रुपमा रहेका छन् ।
यही जुलाई १० तारिखमा हुने माथिल्लो सदनको चुनावी अभियान अन्तर्गत उनले सम्बोधन गरिरहेको समयमा गोली प्रहार भएको थियो । गोली लागेपछि उनी भुइँमा लडेका थिए ।

तपाईको प्रतिक्रिया