काठमाडौंमा थप चार जनामा हैजा, बिरामी संख्या २७

काठमाडौं । काठमाडौँ उपत्यकामा थप चार जनामा हैजा भेटिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले थप चारमा हैजाका बिरामी भेटिएको जनाएको छ ।

 

थप चार जनामा हैजा भेटिएसँगै अहिलेसम्म हैजाप्रभावितको संख्या २७ पुगेको छ। महाशाखाका अनुसार कागेश्वरी मनहरा–६ का तीन र ललितपुर महानगरपालिकाको हरिसिद्धिका एक जनामा हैजा देखिएको छ।

कागेश्वरी मनहराका १८ वर्षीया महिला, २४ वर्षीया महिला र १२ वर्षका बालक तथा हरिसिद्धिका ६२ वर्षीया महिला मा देखिएको हो। कागेश्वरी मनहराका हैजाका बिरामीलाई उपचार पछि घर फर्किसकेको र हरिसिद्धिका ६२ वर्षीया महिलाको सुमेरु अस्पतालमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया