भारतमा २ हजारका नोट नचलाउने निर्णय

नयाँदिल्ली । भारत सरकारले २ हजार रुपैयाँको नोट नचलाउने निर्णय गरेको छ। भारतीय रिजर्ब बैंकले २ हजार रुपैयाँको नोट बजारमा नपठाउने निर्णय गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

 

भारतीय रिजर्ब बैंकले शुक्रबार सूचना जारी गर्दै २ हजारका नोट अवैध भने नहुने र ३० डिसेम्बर २०२३ सम्म बैंकमा जम्मा गर्न सकिने बताएको छ।

बैंकले २ हजारका नोट आफ्नो बैंक खातामा जम्मा गर्न वा बैंकको कुनै पनि शाखामा गएर साट्न सकिने जनाएको छ।

सन् २०१६ मा नरेन्द्र मोदी सरकारले १ हजार र ५ सयका नोटमा प्रतिबन्ध लगाएपछि भारतीय रिजर्भ बैंकले २ हजारका नोट चलनमा ल्याएको थियो।

 

तपाईको प्रतिक्रिया