नेप्से परिसूचकको उकालो यात्रा

काठमाडौं । सेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५८ अंकले उकालो लागेको छ। पछिल्ला केही दिनदेखि नेप्से परिसूचकले उकालो यात्रा तय गरेको छ।

 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५७.६५ अंकले उकालो लागेर दुई हजार ८६.४२ मा पुगेको छ। त्यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.२१ अंकले उकालो लागेर ३९८.८२ मा पुगेको छ।

नेप्सेको उकालो यात्रासँगै कारोबार रकम समेत बृद्धि भएको छ। कूल २३१ कम्पनीको ६२ लाख २७ हजार ६९२ कित्ता सेयर रु दुई अर्ब ४८ करोड चार लाख ७३ हजार ९९९ मूल्यमा खरिद बिक्री भए।

तपाईको प्रतिक्रिया