दाङ । दाङ प्रहरीले अवैध लागुऔषध (ब्राउनसुगर)सहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार दिउँसो साढे ३ बजे तुलसीपुर उपमहानगरपालिका ७ राजापुर स्थित बाटोमा हिडीरहेको अवस्थामा तुल्सीपुर प्रहरीले फेलापारी उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ७ निवासी २६ वर्षिय सुन्दर नेपाली र सोही ठाउँ निवासी ३० वर्षिय सन्तोष नेपाली रहेका छन् । उनीहरुको साथबाट प्रहरीले चार पुडिया लागुऔषध (ब्राउनसुगर) ३२० मिलिग्राम बरामद गरेको छ ।
उनीहरुले तुलसीपुर बजारमा लागुऔषध (ब्राउनसुगर) ओसार पसार गरिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी वरिष्ट नायव निरीक्षक प्रमोद भण्डारीको नेतृत्वमा खटिगएको टोलीले पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया