साफ महिला च्याम्पियनसिपमा भारतलाई हराउँदै नेपाल फाइनलमा पुगेको छ। भारतलाई नेपालले पेनाल्टीमा ४–२ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो।

निर्धारित समयमा दुवै पक्षबाट एक/एक गोल भएपछि खेल पेनाल्टीमा पुगेको थियो। तर पेनाल्टीमा भारतको दुई बल नेपालकी गोल किपरले रोकेपछि जित निकालेको हो।
यसअघि दोस्रो हाफको ७१ औं मिनेटमा भारतले गोल गर्दै अग्रता लिएको थियो। लगत्तै नेपालले गोल गरे पनि मान्यता नपाउँदा करिब एक घण्टा खेल रोकिएको थियो।
तर खेल सुरु भएपछि नेपालकी स्टार सावित्रा भण्डारीले गोल फर्काउँदै बराबरीमा ल्याइन्। त्यो गोलपछि सावित्राले जर्सी नै खोलेर सेलिब्रेसन गरेकी थिइन्।
अब नेपालले उपाधिका लागि बंगलादेशसँग खेल्नेछ। बंगलादेश आजै भुटानलाई हराउँदै फाइनलमा पुगिसकेको छ। पाँच पटकको विजेता भारतलाई हराएको नेपालले यो दोस्रोपटक हो।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया