दाङमा टिपर दुर्घटना हुँदा चालककाे मृत्यु

दाङ- दाङको बंगलाचुली गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा गढवा गाउँपालिका -७ निवासी प्रभु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता इश्वर थापाले जानकारी दिए ।

चुनढुँगा लिन जान लगेको टिपर घोराही – तापा सडक खण्ड अन्तर्गत जुम्लेपानीमा भने ठाउँमा बिहीवार राति रा १ ख १८५७ नम्बरको टिपर सडकदेखि करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया