दाङ । लमही–भालुबाङ स्थानीय रुटमा सञ्चालन हुने भे १ ख १४८१ नम्बरको बसका सञ्चालक रमेशकुमार गुप्ताको परिवारलाई सहयोग हस्तान्तरण गरिएको छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष माधव प्रसाद पोख्रेल र चालक रामबहादुर बुढाको सक्रियतामा संकलन गरिएको २८ हजार ५५ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो ।
राप्ती गाउँपालिका–१ भालुबाङ निवासी गुप्ताको केही दिन अघि मृत्यु भएको थियो । किरियापुत्रीलाई भेटगरी संकलन भएको रकम हस्तान्तरण गरिएको छ । संगठनका अध्यक्ष पोख्रेल सहित व्यवसायी कुमार भट्टराईले संकलित सहयोग रकम दिवंगत गुप्ताकी आमालाई हस्तान्तरण गर्नु भएको हो ।
यातायात व्यवसायीलाई दुःख पर्दा मल्हम लगाउने भएको प्रति धन्यवाद ज्ञापन गरिएको छ ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया