बुटवलमा मोटरसाइकल दुर्घटना, राप्ती २ का युवासहित २ जनाको मृत्यु

 

 

बुटवल । नुवाकोटबाट बुटवल तर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मंगलबार विहान बुटवल उपमहानगरपालिका १३ नुवाकोट भ्यू प्वाईन्ट स्थित नुवाकोटबाट बुटवल तर्फ आउँदै गरेको लु ४१ प २०१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट ६० मिटर तल खसेको थियो ।

दुर्घटनामा परी मोटरसाइकलका चालक बुटवल उप–महानगरपालिका–११ बुद्धनगरका १९ वर्षीय बिशाल परियार र पछाडि सवार दाङको राप्ती गाउँपालिका–२ का १८ वर्षीय दिनेश कुवरको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका इन्सपेक्टर धर्मराज खत्रीले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया