पौष्टिक आहार छनोट तथा स्वस्थ पाक विधि प्रदर्शनी कार्यक्रम अर्नाहनपुरमा सम्पन्न

 

 

तुल बहादुर कवँर मगर
देउखुरी । पाैष्टिक आहार छनाैट तथा स्वास्थ पाक विधि प्रर्दशनी कार्यक्रम शुक्रबार राप्ती गाउँपालिका वडा नं.७ अर्नाहनपुरमा सम्पन्न भएको छ।

मेलमिलाप कृषक समुहको आयोजना एवम् नामसालिङ सामुदायिक विकास केन्द्रको सहयोग र राप्ती गाउँपालिका दाङकाे समन्वयमा उक्त कार्यक्रममा सम्पन्न भएको हाे।

समुहकी अध्यक्ष सावित्रा चाैधरीकाे अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा र नामसालिङ सामुदायिक विकास केन्द्रका फिल्ड संयोजक धर्म यादवकाे विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे।

साे अवसरमा बाेल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकास बिष्टले जीवनशैलीको आधार नै पौष्टिक आहार भएको बताउँदै यस्ता कार्यक्रमले गाउँबस्तीमा जनचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयाे।

त्यस्तै उहाँले पौष्टिक आहारको छनोट र स्वस्थ खाना पकाउने विधिबारे जानकारी दिन यस प्रकारका प्रदर्शनीहरू आवश्यक रहेको उल्लेख गर्नुभयो। अधिकांश राेगहरु खानपिन बाटै लाग्ने बताउदै अध्यक्ष विष्टले सबैभन्दा पहिले भान्सा सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नामसालिङ सामुदायिक विकास केन्द्रका फिल्ड संयोजक धर्म यादवले पाेषण, पाैष्टिक आहार तथा पाक विधिकाे बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा अर्नाहनपुर टाेल विकास संस्थाका अध्यक्ष सनातन चाैधरी, समाजसेवि भिमलाल चाैधरी, स्वास्थ स्वयंसेवीका लक्ष्मी चाैधरी, पत्रकार ओमप्रकाश गुप्ता लगाएतका वक्ताहरूले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

समुहककी सचिव सुलाेचना चाैधरीले सञ्चालन गर्नु भएकाे कार्यक्रमकाे व्यवस्थापन नामसालिङ सामुदायिक विकास केन्द्रकी कृषि प्राविधिक धनकुमारी चाैधरी र समाजिक परिचालिका पुस्तमा पुनले गर्नुभएकाे थियो ।

तपाईको प्रतिक्रिया