
देउखुरी । मौरीघाटमा कारको ठक्करबाट एक जना घाइते भएका छन् ।
लमही भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका वडा नं. ३ बाघढ्ढीमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको बा ९ च नं. का कारले ठक्कर दिदा एक जना घाइते भएका हुन् ।
घाइतेलाई उपचारका लागि लमही पठाइएको प्रत्यक्षदर्शी डिल्ली सुवेदीले बताए । घाइतेको टाउकोमा चोट लागेको छ ।
दुर्घटनाको थप विवरण आउन बाकी रहेको छ ।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया