
देउखुरी । राप्ती मोबाईल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघले राप्ती उद्योग बाणिज्य संघको शनिवार बजार खोल्ने निर्णयको बिरोध गरेको छ ।
राप्ती उद्योग वाणिज्य संघले एकतर्फिरुपमा व्यवसायीहरुसँग समन्वय नगरी साप्ताहिक रुपमा शनिवार बजार खुल्ला गर्ने निर्णय प्रती व्यवसायीहरु असन्तुष्ट हुँदा हुँदै पनि बजार खुल्ला गरेको प्रती राप्ती मोबाईल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघले बिरोध जनाएको हो ।
राप्ती उद्योग वाणिज्य संघका महासचिव नारायण शर्मालाई ज्ञापनपत्र बुझाउदै राप्ती मोबाईल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघले शनिवार व्यवसाय बन्द गर्ने निर्णय गरेको अध्यक्ष हरी खड्काले बताए ।
राप्ती मोबाईल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ र राप्ती गाउँपालिका सुन व्यवसायी महासंघले आफ्नो संस्थामा आवद्ध सम्पूर्ण व्यवसायीहरुले शनिवार व्यवासय बन्द गर्ने अध्यक्ष खड्काले जानकारी दिए ।
राप्ती उद्योग वाणिज्य संघले नेपालीहरुको महानपर्व तिज, दशै, तिहारलाई लक्षित गरि साप्तहिक रुपमा बन्द हुदै आएको बजार भाद्र १ गतेदेखि खोल्ने निर्णय गरेको थियो । ‘साप्ताहिकरुपमा बन्द हुदै आएको बजार चाडपर्वको एक हप्ता अघि मात्र खोल्नु पर्छ,’ अध्यक्ष खड्काले भने ‘तर यहाँ व्यवसायीहरु सँग समन्वय नै नगरी एक महिना अघिदेखि नै बजार खोल्ने निर्णय भएको छ ।’
ज्ञापनपत्र बुझ्दै राप्ती उद्योग वाणिज्य संघका महासचिव शर्माले अवका दिन देखि व्यवसायीहरुसँग समन्वय गरेर मात्र बजार खोल्ने बताए । उनले भने यस पटक अलि छिटो खोल्यौ, अव यस्तो हुदैन ।

तपाईको प्रतिक्रिया