महेन्द्र बहुमुखी क्याम्पस दाङमा बम पड्काएर भाग्न खोज्ने पक्राउ

घोराही । घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुइ जना पक्राउ परेका छन । चर्को आवाजमा बम पड्किएको र पड्काएर भाग्न खोज्ने दुई जना पक्राउ परेको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिनुभयो । ‘मोटर साइकलमा आएका दुई जना मध्ये एक जनाले बम फालेर भाग्दै गर्दा पक्राउ परेका छन । यस विषयमा आवश्यक अनुसन्धान भइरहेको छ’ सुवेदीले भन्नुभयो, ‘सुतली बम चर्को आवाजमा पड्केको थियो ।’

 

जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख डीएसपी राम प्रसाद तिमल्सिनाले मोटरसाइकलमा आएका दुई जना ब्यक्तिले क्याम्पसमा सुतली बम जस्ताे देखिने बस्तु पड्काएर भागेको र उनीहरूलाई भाग्नेक्रममा पक्राउ गरेको बताउनुभयो। उहाँका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १५ निवासी प्लस टु सकेका अभियान थापा र सोही महेन्द्र बहुमुखी क्याम्पसमा पढ्ने सुदन कार्की रहेका छन् । प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाले रमाइलोका लागी पटका पड्काएको बताएका छन । यस विषयमा थप अनुसन्धान भइरहेको तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार मोटरसाइकलमा आएका दुई जना मध्ये अभियान थापाले महेन्द्र बहुमुखी क्याम्पस अगाडि सडकमा बम फालेका थिए ।

-युगबोध

तपाईको प्रतिक्रिया