लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मतः पक्षमा ७० र विपक्षमा ११ मत

देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत पाएका छन् ।

 

मंगलबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले पेश गरेको विश्वासको मतको पक्षमा ७० मत परेको हो। त्यस्तै प्रस्तावको विपक्षमा ११ मत परेको थियो। एमाले–कांग्रेसको समीकरण बनेपछि गत साउन ७ गते आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

उनलाई एमाले र कांग्रेससहित नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, जसपा, जसपा नेपाल र एक स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन्।

प्रदेश सभामा एमालेका २९, कांग्रेसका २७, नेकपा माओवादी ११, नागरिक उन्मुक्तिका ४, रापपाका ४, लोसपा र जनमतका ३/३, जसपाका २, जसपा नेपालका एक र स्वतन्त्र एक गरी ८७ सदस्यीय प्रदेश सभामा आचार्यलाई ७० प्रदेश सभा सदस्यले विश्वासको मत दिएका छन्।

तपाईको प्रतिक्रिया